News Portal

मकाउभर हलचल १२ जनामा कोरोना पुष्टी, सरकारले तीन दिनसम्म परीक्षण गर्ने

हिमालीसंचार संवाददाता
३३५ पटक

एजेन्सी – मकाउमा (कोभिड-१९) कोरोना भाइरस १२ जनामा पुष्टि भएको मकाउ स्थित सिभिल प्रोटेक्शन सेन्टरले मकाउले जनाएको छ। त्यस्तै, चार लक्षणहरुसहित ८ जनामा एसिम्प्टोमेटिक रहेको बताएको छ।

मकाउमा कोरोना भाइरसको श्रोत अझै खुल्न सकेको छैन। हेल्थ व्यूरोका अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु मकाउ बाहिर गएका छैनन् । त्यसैले अधिकारीहरुले मकाउको स्थिति बिग्रन सक्ने चेतावनी दिएका छन्। कोरोना भाईरसको महामारी शुरु भएदेखि उच्च सतर्कता अपनाको मकाउले कुन श्रोतबाट कोरोना भाइरस आए। यसलाई गम्भीर रुपले लिनु पर्ने बताएका छन् । 

मकाउका सामाजिक मामिला र संस्कृतिका सचिव एल्सी एओ इयोङका अनुसार आज १२ बजेदेखि मकाउका पुरै शहरका समुदायको कोरोना परीक्षण गरिने छ। मकाउका शहरमा द्रुत गतिमा कोरोना परीक्षण गरेर शहरमा कोरोनाको अबस्था पत्ता लगाउन २२ तारिख तीन दिन मंगलबारसम्म कोरोना परीक्षणको नमूना परीक्षण गरिने बताए। 

मकाउ हेल्थ ब्यूरोका निर्देशक अल्भिस लोले पनी मकाउको पछिल्लो अबस्था गम्भीर रहेको स्वीकार गरेका छन् । मकाउमा कोरोना महामारी शुरु भएपछि सबै भन्दा उच्च सतर्कता अपनाएको कारण स्थिति सामान्य रहेको बताए। 

एकात्मक प्रहरी सेवाका लियोङ म्यान चेओङले शान्त रहन अपील गर्दै नागरिक सुरक्षा संयन्त्र सक्रिय रहेको र आधारभूत आवश्यकताको सामान्य वितरण सुनिश्चित गर्न उपभोक्ता परिषद्लाई सम्पर्क गरिसकेको बताएका छन् । 

मकाउ सरकारले आज विहानदेखि नै मकाउका शहरमा उच्च सर्तकता अपनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको छ।  शहरका धेरै क्षेत्रमा नियन्त्रण, व्यवस्थापन र नियन्त्रण उपायहरू लागू गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...