News Portal

धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राई श्रमदानमा व्यस्त, सामाजिक कार्यमा जुट्न आग्रह

“आज र भोली समेत श्रमदानको कार्यक्रम रहेको छ”

हिमालीसंचार संवाददाता
२४१ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्वाचित भएपछि  प्राय: श्रमदानमा सहभागिता जनाउदै आएका छन्। हिजो शनिबार खानेपानी मुहान श्रोतका लागि धरान स्थित पकुवा खोलामा श्रमदानमा धराने जनताहरुसंग श्रमदानमै व्यस्त थिए।

धरान उपमहानगरपालिका धरानका खानेपानीको मुद्दा उठाएर उपमहानगरपालिका धरानका नगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । धरानको मुख्य समस्या नै खानेपानी हो। यो विषय हरेक चुनावमा विभिन्न पार्टीले एजेन्डा नै बनाए। तर, पनि धरानमा खानेपानी वितरणको समस्या हालसम्म दीर्धकालीन समाधान हुन सकेको छैन ।  

धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राईको चुनावी मुख्य एजेन्डा पनी खानेपानी नै थियो। सोही अनुरुप धरानका नगर प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।

नगर प्रमुख राईले आज र भोली समेत श्रमदान कार्यक्रम रहेका हुनाले धरानका सचेत जनतासंग श्रमदान कार्यक्रममा सहभागि भइदिन आग्रह गरेका छन्। श्रमदानमा सहभागिहरुले वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान सुधार, शुद्धिकरणका विषयमा समेत नगर प्रमुखलाई प्रश्न गर्दा नगर प्रमुख राईले पहिलो पहिलो प्राथमिकता खानेपानी त्यसपछि मात्र प्रतिष्ठान भएको बताए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...