News Portal

धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राई श्रमदानमा व्यस्त, सामाजिक कार्यमा जुट्न आग्रह

“आज र भोली समेत श्रमदानको कार्यक्रम रहेको छ”

हिमालीसंचार संवाददाता
२०७ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्वाचित भएपछि  प्राय: श्रमदानमा सहभागिता जनाउदै आएका छन्। हिजो शनिबार खानेपानी मुहान श्रोतका लागि धरान स्थित पकुवा खोलामा श्रमदानमा धराने जनताहरुसंग श्रमदानमै व्यस्त थिए।

धरान उपमहानगरपालिका धरानका खानेपानीको मुद्दा उठाएर उपमहानगरपालिका धरानका नगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । धरानको मुख्य समस्या नै खानेपानी हो। यो विषय हरेक चुनावमा विभिन्न पार्टीले एजेन्डा नै बनाए। तर, पनि धरानमा खानेपानी वितरणको समस्या हालसम्म दीर्धकालीन समाधान हुन सकेको छैन ।  

धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राईको चुनावी मुख्य एजेन्डा पनी खानेपानी नै थियो। सोही अनुरुप धरानका नगर प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।

नगर प्रमुख राईले आज र भोली समेत श्रमदान कार्यक्रम रहेका हुनाले धरानका सचेत जनतासंग श्रमदान कार्यक्रममा सहभागि भइदिन आग्रह गरेका छन्। श्रमदानमा सहभागिहरुले वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान सुधार, शुद्धिकरणका विषयमा समेत नगर प्रमुखलाई प्रश्न गर्दा नगर प्रमुख राईले पहिलो पहिलो प्राथमिकता खानेपानी त्यसपछि मात्र प्रतिष्ठान भएको बताए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...