News Portal

दुबईका राजकुमार मोक्तुमले दिए दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

हिमालीसंचार संवाददाता
५२७ पटक

अविन माबो/झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका युएइ दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन् । राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएका हुन्।  अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको श्रोतले बताए। 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...