News Portal

झापाली समाज कुवेतको चाैथो अधिवेशन सम्पन्न अध्यक्षमा गोविन्द प्रसाद तिम्सिना

हिमालीसंचार संवाददाता
३७३ पटक

कुवेत – झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ।

समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतमा महामाहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा तथा प्रायोजक अलमुल्ला एक्सचेन्जका मौकेटिङ मेनेजरको विशेष आतिथ्यता तथा कुवेतको नेपाली समाजमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरू, पत्रकारहरू, समाजसेवी, वुद्धिजीवि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा झापाली तथा गैर झापाली दाजुभाइ दाजुभाई तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले प्रवासमा छरिएर रहेका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु आफैंमा शक्तिमा परिणत हुनु हो। भन्दै यसको सदुपयोग गर्दै सबैलाई सहयोग गर्दै अघि बढ्न तथा कसैलाई पनि गलत कृयाकलामा लाग्न नदिन र गर्न हुने र नहुने काम कुराहरू बारेमा पनि खास गरे कुवेत आउने नयाँ दाजुभाई दिदीबहिनिहरूलाइ सचेत गराउन आग्रह गर्दै झापा जिल्ला अरू जिल्लाको तुलनामा स्वास्थ्य, शिक्षा तथा विकासमा अगाडि रहेको बताउँदै अन्तर्राष्ट्रय रूपमा फैलिएको झापालीहरूको नेटवर्कले झापा र झापालीको लागि मात्र नभएर सम्पुणर् नेपालीको भलाइको लागि र सबैलाइ सहयोग गरेर निरन्तर अगाडि बढ्न सल्लाह दिंदै नेपाली समाजमा हुने सबै राम्रा कामहरूलाइ दूतावासको तर्फ सहयोग रहने बताए।

अधिवेशन कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, जनजाती महासंघका महासचिव मन्जित राइ, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए।भने शुभकामना मन्तव्य दिने वक्ताहरूले झापाली समाजले गरेका राम्रा कार्यहरूको सराहना गर्दै झापा जिल्लाको विकास र झापाली दाजुभाई दिदीबहिनीहरूलाइ आपत विपत पर्दा सहयोग गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सदा हातेमालो र सहकार्य गरेर अघि बढ्ने बताएका थिए।

रामचन्द्र न्यौपानेको स्वागत, लिला बहादुर पाण्डेको आर्थिक प्रतिवेदन तथा गोविन्द प्रसाद तिम्सिनाको संचालनमा सम्पन्न अधिवेशन समारोहमा समाजले गरेका कार्यहरूको बारेमा एक श्रव्य दृष्य सामाग्री प्रसारण गरिएको थियो भने संस्थालाई विशेष योगदान दिएका गोविन्द प्रसाद तिम्सिना, राजु धिमाल, लिला बहादुर पाण्डे तथा प्रेम कार्कीलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

चौथो अधिवेशन समारोहका सभाध्यक्ष लोमस बास्तोलाले अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिंदै झापाली समाज अहिलेसम्म विवादरहित ढंगले चल्दै आएको बताउँदै आगामि दिनमा पनि सबैसँग हातेमालो र सहकर्य गरेर अघि बढ्ने बताउँदै उद्घाटन सत्रलाई समापन गरेका थिए भने निर्वाचन समितिको तर्फबाट ध्रुबकुमार संग्रौला तथा छत्र बहादुर कार्कीले सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिको घोषणा गरे।

चाैथो अधिवेशनबाट नव निर्वाचित कार्य समिति

अध्यक्ष :-गोविन्द प्रसाद तिम्सिना
बरिष्ठ उपाध्यक्ष:- राजु धिमाल
उपाध्यक्ष:-लिला बहादुर पाण्डे
महिला उपाध्यक्ष:- छबिमाया पौडेल
महासचिब:- प्रेम कार्की
सचिब:- राम न्यौपाने
कोषाध्यक्ष:- गोविन्द न्यौपाने
सह-कोषाध्यक्ष:- गोविन्द कार्की
महिला संयोजक :- रमादेवी भण्डारी
महिला उप-संयोजक :-चन्द्रकला बिश्वकर्मा
प्रबक्ता:- इन्द्र पौडेल (कृष्ण)
कार्यकारी सदश्यहरु:-

शान्तिराम ढुंगेल
शोम कुमार मेचे
नारायण भट्टराई
धर्मानन्द अधिकारी
युबराज भण्डारी
कल्पना कार्की
रोजिना ढुंगाना
गंगा सुबेदी भट्टराई
अम्बिका थापा
मोनिका मुखिया
सितादेवी भण्डारी
रत्नमाया नेम्वाङ
नारायण दाहाल
नबिन धिमाल
बिजय धिमाल

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...