News Portal

  • जन-जागृति कुवेतले इ–पासपोर्टको लागि आवेदन फारम भर्न सहयोग गर्ने

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    कुवेत – कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ।

    आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेतस्थित जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका अनलाइन फारम भर्न असक्षम श्रमिकहरूको राहादानीको फारम भर्न सहयोग गर्ने भएको हो।

    विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउनको लागि अनलाइन फारम भर्नु पर्ने तथा नागरिकताको कपि तथा हालको पासपोर्टको प्रतिलिपि समेत अपलोड गर्नु पर्ने ल र फारम भर्दा धेरै समय लाग्ने भएकोले सर्वसाधारणले सहज रूपमा आवेदन फारम भर्ने नसकी अरूको सहयोग लिनु परेको तथा कतिपय श्रमिक दाजुभाइ दिदीबहिनीहरूले अरूलाइ पैसा दिएर आवेदन भर्न लगाउनु परेको गुनासो आएकोले एक सामाजिक संस्थाको हैसियतले जन-जागृतिले आवेदन फारम भर्न सहयोग गर्न लागेको संस्थाका संरक्षक छत्र बहादुर कार्कीले बताए।

    इ-पासपोर्टको लागि आवेदन फारम भर्दा तपसिल बमोजिमका कागजात तथा जानकारीहरू अनिवार्य उपलब्ध गराउनु पर्ने हुन्छ।

    पासपोर्टको फोटो भएको पेजको कपि, सम्पर्क व्यक्तिको नाम भएको पेजको कपि नागरिकताको अगाडि पछाडीको पेजको कपि, हालको स्पष्ट ठेगाना, फोन नं. तथा इमेल, बाबु आमाको नाम, नेपालमा सम्पर्क व्यक्तिको नाम, ठेगाना, फोन नं. तथा इमेल

    नेपाल सरकारले सन २०२१ को अन्त्यतिरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्न थाले पछि गत फेब्रुअरी महिनादेखि विदेश स्थित नियोगहरूमा पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम बुझिलिइ राहदानी बनाउने कार्य शुरू गरिएपनि आवेदन फारम भर्न धेरै समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको गति ढिला हुँदा दूतावासको श्रोत साधन र जनशक्तिले राहदानी नविकरण गर्न दूतावासहरूमा आउने सेवाग्राहीहरूलाइ समयमै सेवा दिन गाह्रो हुने भएकोले सम्भव भएसम्म आवेदक आफैले आवेदन फारम भरेर ल्याउन अनुरोध गर्ने गरेका छन्।

    नेपाल सरकारले गत नोभेम्बर देखि विद्युतीय राहदानी (इ–पासपोर्ट) प्रचलनमा ल्याएपछि त्यस उप्रान्त राहदानी बनाउने र पहिलेका राहदानी भएकाहरूले नविकरण गर्दा विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउनु पर्ने व्यवस्था गरेको छ भने विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि नेपालमा भने राष्ट्रिय परिचय पत्रको अनिवार्य आवश्यकता पर्दछ।

    विद्युतीय राहदानी (इ–पासपोर्ट) आवेदन फारम भर्न जन-जागृति युवा समाज कुवेतकाे निम्न टेलिफोनमा सम्पर्क गर्न अनुरोध छ।
    +96597328329
    +96598096312
    +96567065409

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...