News Portal

जन-जागृति कुवेतले इ–पासपोर्टको लागि आवेदन फारम भर्न सहयोग गर्ने

हिमालीसंचार संवाददाता
४८५ पटक

कुवेत – कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ।

आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेतस्थित जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका अनलाइन फारम भर्न असक्षम श्रमिकहरूको राहादानीको फारम भर्न सहयोग गर्ने भएको हो।

विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउनको लागि अनलाइन फारम भर्नु पर्ने तथा नागरिकताको कपि तथा हालको पासपोर्टको प्रतिलिपि समेत अपलोड गर्नु पर्ने ल र फारम भर्दा धेरै समय लाग्ने भएकोले सर्वसाधारणले सहज रूपमा आवेदन फारम भर्ने नसकी अरूको सहयोग लिनु परेको तथा कतिपय श्रमिक दाजुभाइ दिदीबहिनीहरूले अरूलाइ पैसा दिएर आवेदन भर्न लगाउनु परेको गुनासो आएकोले एक सामाजिक संस्थाको हैसियतले जन-जागृतिले आवेदन फारम भर्न सहयोग गर्न लागेको संस्थाका संरक्षक छत्र बहादुर कार्कीले बताए।

इ-पासपोर्टको लागि आवेदन फारम भर्दा तपसिल बमोजिमका कागजात तथा जानकारीहरू अनिवार्य उपलब्ध गराउनु पर्ने हुन्छ।

पासपोर्टको फोटो भएको पेजको कपि, सम्पर्क व्यक्तिको नाम भएको पेजको कपि नागरिकताको अगाडि पछाडीको पेजको कपि, हालको स्पष्ट ठेगाना, फोन नं. तथा इमेल, बाबु आमाको नाम, नेपालमा सम्पर्क व्यक्तिको नाम, ठेगाना, फोन नं. तथा इमेल

नेपाल सरकारले सन २०२१ को अन्त्यतिरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्न थाले पछि गत फेब्रुअरी महिनादेखि विदेश स्थित नियोगहरूमा पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम बुझिलिइ राहदानी बनाउने कार्य शुरू गरिएपनि आवेदन फारम भर्न धेरै समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको गति ढिला हुँदा दूतावासको श्रोत साधन र जनशक्तिले राहदानी नविकरण गर्न दूतावासहरूमा आउने सेवाग्राहीहरूलाइ समयमै सेवा दिन गाह्रो हुने भएकोले सम्भव भएसम्म आवेदक आफैले आवेदन फारम भरेर ल्याउन अनुरोध गर्ने गरेका छन्।

नेपाल सरकारले गत नोभेम्बर देखि विद्युतीय राहदानी (इ–पासपोर्ट) प्रचलनमा ल्याएपछि त्यस उप्रान्त राहदानी बनाउने र पहिलेका राहदानी भएकाहरूले नविकरण गर्दा विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउनु पर्ने व्यवस्था गरेको छ भने विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि नेपालमा भने राष्ट्रिय परिचय पत्रको अनिवार्य आवश्यकता पर्दछ।

विद्युतीय राहदानी (इ–पासपोर्ट) आवेदन फारम भर्न जन-जागृति युवा समाज कुवेतकाे निम्न टेलिफोनमा सम्पर्क गर्न अनुरोध छ।
+96597328329
+96598096312
+96567065409

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...