News Portal

किरात राई यायोक्खा मकाउलाई संस्थापक प्रमुख सल्लाहकार राईद्वारा मादल उपहार

हिमालीसंचार संवाददाता
३७७ पटक

मकाउ – किरात राई यायोक्खा मकाउका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किरात राई यायोक्खा मकाउलाई एक थान मादल उपहार प्रदान गरेका छन्। संगीतलाई माया गरिरहने संगीत पारखी, गीटार र मादलुका धुन-तालहरुसंगै रमाई रहन मन पराई रहने, संस्कार र संस्कृतिको लागि चनाखो संगीतप्रेमी व्यक्तित्व राईले आफ्नो सर्वोच्च संस्था किराया मकाउलाई उक्त उपहार प्रदान गरेका हुन्। 

विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएका पूर्वब्रिटिस आर्मी भक्तिराज राई, पूर्वब्रिटिस आर्मी कुमार राई र रत्नमणी राई मकाउ बसाईको क्रमलाई बिटमार्दै स्वदेश फर्कने क्रममा रहेका सदस्यहरुलाई किरात राई यायोक्खा मकाउद्वारा आयोजित विदाई कार्यक्रमका संस्थाका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किराया मकाउलाई एक थान मादल उपहार स्वरुप प्रदान गरेका हुन् । 

किराया मकाउले संस्थापक सदस्यहरुका लागि मायाको चिनो, प्रमाण पत्र र खदा ओढाएर निकट भविष्यमा समेत संस्थाको लागि अमुल्य सल्लाह र सुझावको अपेक्ष सहित विदाई गरिएको किराया मकाउका उपाध्यक्ष केशव राईले हिमालीसंचारडटकमसंग बताए।

कोरोना महामारीका कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि मकाउ सरकारले मकाउ आवागमनमा लगाएको प्रतिबन्धका कारण विगत लामो समयदेखि मकाउभित्र सिमित हुनु परेको थियो। गत हप्त मकाउ सरकारले आवागमनमा लचकता अपनाएसंगै मकाउमा श्रम गर्ने पुगेका विश्वका गैरआवासीय श्रमिकहरु घर विदाका लागि जान-आउन पाउने भएका छन्। 

कोराना महामारी प्रकोपभन्दा पहिले सन् २०२० जनवरीसम्मको डाटा अनुसार मकाउमा ४ हजार ५ सय ३८ जना नेपाली श्रमिकहरुले श्रम गरिरहेका थिए। सन् २०२२ अप्रिलसम्मा ३ हजार १ सय ३५ जना श्रमिकहरु श्रम गरिरहेको तथ्यांक मकाउ सरकारसंग अभिलेख रहेको छ।

तर, अहिले कति संख्यामा मकाउमा नेपाली श्रमिकहरुले श्रम गरिरहेका छन् यकिन तथ्यांक नेपाली महावाणिज्य दूताबास हङकङसंग अभिलेख छैन। नेपाल सरकारले अहिलेसम्म मकाउमा श्रम गर्ने श्रमिकका लागि कुनै मकाउबाट प्रत्यक्ष सेवा सुविधा प्रवाह गर्न सकेको छैन्। यधपि, अत्यावश्यक कामको लागि नेपाली दूताबास हङकङले समन्वय गर्दै आईरहेको छ।

यसरी मकाउमा श्रम गर्न पुगेका नेपाली श्रमिकहरु अभिभाव विहिन बालबच्चा जस्तो टुहुरो भइ श्रम गरिरहेका छन्। मकाउमा श्रम गर्ने श्रमिकहरु आफ्नै बलबुत्तामा संघर्ष गरिरहेका श्रमिकका लागि नेपाल सरकारका सम्बन्धित निकायले उनीहरुका हकहित र अभिभावकीय भूमिका निर्वाह गरेका भए धेरै नेपाली श्रमिकहरुको रोजगार गुम्ने थिएन। पछिल्लो समय मकाउ सरकारले गैरआवासीय श्रमिकहरुका लागि भिसा नविकरण नगर्ने निर्णय लिदा यसको ठुलो मारमा नेपाली श्रमिकहरु पनी परेका छन्। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...