News Portal

एसपीपी दस्तावेज’ नै नक्कली निस्कियो, संसदमा हंगामा मच्यो

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसदमा यसै विषयलाई लिएर हंगामा मच्चेको थियो ।

त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा हस्ताक्षर नगर्ने विश्वास दिलाए ।

तर काठमाडौंस्थित अमेरिकी दूताबासले भने एसपीपी मस्यौदा भनेर सार्वजनिक भएको दस्तावेज नक्कली भएको स्पष्ट पारेको छ ।  अमेरिकी दूताबासका कार्यबाहक राजदूत चार्ज डि अफेयर्स म्यानुयल पी. मिकालरले नेपाल र अमेरिकाबीच भएको सैन्य सम्झौता भनेर सार्वजनिक भएको दस्तावेज झुठो भएको बताए । यो समाचरनेपाल समाचारपत्र दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...