News Portal

खाद्य संस्थानले खसिबोकाको मूल्य निर्धारण

हिमाली संचार संवाददाता
८०४ पटक

काठमाडौं– खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउनेछन् ।

संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ ।  संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मुल्य तोकेको थियो । गतवर्षको तुलनामा यो बर्ष खसीबोकामा प्रतिकिलो ४५ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य बढेको छ ।

संस्थानले कार्यालय परिसर थापाथलिबाट दसैंका लागि काठमाडौमा १ हजार खसी र १ हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । संस्थानले असोज २६ गते शुक्रबार बिहानबाट खसिबोका तथा च्याङ्ग्राकोे बिक्री सुरु गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...