News Portal

रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम, स्थानीय जनप्रतिनिधि भने मौन

हिमालीसंचार संवाददाता
४७० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ को सिमानामा रहेको बक्राह पुलको एकापट्टी विगत एक बर्ष अगाडिको बर्षाका कराण भत्किए पनी स्थानीय जनप्रतिनिधि मौन रहेका छन्।

अहिले सोही स्थानमा अविरल बर्षाका कारण सडक भासिदै गएपछि उक्त सडक खण्ड उच्च जोखिममा परेका छन्। केही महिना अगाडि समेत विभिन्न संचार माध्यममा समचार प्रकाशित भएको भएता पनि सम्बन्धित निकाय मौन  देखिएको छ । सोही सडकबाट दैनिक स्थानीय जनप्रतिनिधिहरु आवतजावत गर्दा समेत सडकको अबस्था जोखिम रहेको देख्दा समेत आखा छोपेर हिडेका छन्। 

रंगेली नगरपालिकामा पुनः निर्वाचित भएर आएका मेयर, वडा नम्बर ७ र ८ का वडा अध्यक्षले समेत सो सडक खण्ड भत्किएको देखेर पनी नदेखे झै गरेका छन्। अहिले विभिन्न नगरपालिकाको जनप्रतिनिधिहरु जनताका लागि नयाँ नयाँ विचार, समस्याहरु बुझिरहेका छन्। तर रंगेली नगरपालिकाको जनप्रतिनिधिहरुलाई अहिलेसम्म पनि फुलमाला र स्वागत गर्ने काम सकिएको छैन ।  

जनप्रतिनिधिहरुले आफ्नो नगरभित्र रहेका समस्याको समाधान गर्ने बिषयमा कुनै चासो दिएका छैन । सो ठाउँमा समयमै मर्मत नभए सडक नै थप जोखिममा पर्ने देखिन्छ भने रंगेली कानेपोखरी सडक खण्ड अबरुद्ध हुने सम्भावना बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...