News Portal

रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम, स्थानीय जनप्रतिनिधि भने मौन

हिमालीसंचार संवाददाता
५५६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ को सिमानामा रहेको बक्राह पुलको एकापट्टी विगत एक बर्ष अगाडिको बर्षाका कराण भत्किए पनी स्थानीय जनप्रतिनिधि मौन रहेका छन्।

अहिले सोही स्थानमा अविरल बर्षाका कारण सडक भासिदै गएपछि उक्त सडक खण्ड उच्च जोखिममा परेका छन्। केही महिना अगाडि समेत विभिन्न संचार माध्यममा समचार प्रकाशित भएको भएता पनि सम्बन्धित निकाय मौन  देखिएको छ । सोही सडकबाट दैनिक स्थानीय जनप्रतिनिधिहरु आवतजावत गर्दा समेत सडकको अबस्था जोखिम रहेको देख्दा समेत आखा छोपेर हिडेका छन्। 

रंगेली नगरपालिकामा पुनः निर्वाचित भएर आएका मेयर, वडा नम्बर ७ र ८ का वडा अध्यक्षले समेत सो सडक खण्ड भत्किएको देखेर पनी नदेखे झै गरेका छन्। अहिले विभिन्न नगरपालिकाको जनप्रतिनिधिहरु जनताका लागि नयाँ नयाँ विचार, समस्याहरु बुझिरहेका छन्। तर रंगेली नगरपालिकाको जनप्रतिनिधिहरुलाई अहिलेसम्म पनि फुलमाला र स्वागत गर्ने काम सकिएको छैन ।  

जनप्रतिनिधिहरुले आफ्नो नगरभित्र रहेका समस्याको समाधान गर्ने बिषयमा कुनै चासो दिएका छैन । सो ठाउँमा समयमै मर्मत नभए सडक नै थप जोखिममा पर्ने देखिन्छ भने रंगेली कानेपोखरी सडक खण्ड अबरुद्ध हुने सम्भावना बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...