News Portal

खोटाङ सुनकोशी स्थित फोकसिङारको पुल छिटो सम्पन्न गर्न भट्टराईको अनुरोध

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जिल्ला जोड्ने सुनकोशी फोकसिङटार पुल निर्माण विगत ७ वर्षदेखि अलपत्र परेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पुलको निर्माण छिटो सक्न अनुरोध गरेका हुन् ।

‘खोटाङ जिल्ला प्रवेश गर्ने लाइफ लाइनका रूपमा रहेको सुनकोसशीको फोक्सिङटारको पुल ७ वर्षदेखि विलम्ब भइरहेको छ,’ भट्टराईले भने, ‘यो पुल शीघ्र निर्माण गर्नका लागि सडक विभागमा धर्ना बस्यौँ । ४ पटक ठेकेदार कम्पनी र मन्त्रालयलाई उपस्थित गराएर कागज गरायौँ ।’ 

तर, यतिधेरै दबाब दिँदा पनि पुल निर्माणको काम सम्पन्न नभएको उनले गुनासो पोखे । उनले भने, ‘फेरिए पिच्छेका मन्त्री, सचिव र डीजीहरूसँग छलफल भइरहेको छ । बल्ल–बल्ल अहिले ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।’ तर, प्रत्येक वर्ष हालिने बेलिब्रिजमा लाखौं खर्च भइरहेको बताउँदै यो पुलको निर्माण तत्काल सक्नका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...