News Portal

खोटाङको रावाबेसी गाउँपालिका स्वास्थ्य चौकीलाई एक थान फ्रिज र अत्याधुनिक बेड हस्तान्तरण

हिमालीसंचार संवाददाता
४७४ पटक

खोटाङ  –  खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं.६ हौचुर स्थित रहेको स्वास्थ्य चौकीका लागि अत्यावश्यक एक थान फ्रिज र अत्याधुनिक एक थान बेड समाजसेवी गजेन्द्र खालिङ राईको पहलमा हौचुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका समाजसेवी राईले आफ्नो गाउँ रावाबेसीका लागि विभिन्न सहयोग प्रदान गर्दै आईरहेका राईकै पहलमा हौचुर स्वास्थ्य चौकीका लागि अत्यावश्यक औषधि फ्रिजमा स्टोर गर्नु पर्ने भएका हुदा एक थान फ्रिज र एक थान फोल्डिङ हुने अत्याधुनिक बेड स्वास्थ्य चौकी हौचुरलाई सहयोग गरिएको हो।

समाजसेवी राईले पोर्चुगलमा रहेका प्रेम राई, कतार कर्मथलो बनाएका संगम कार्की, शान्ति राम नेपाल, मदन गुरुङ, डिक बहादुर गुरुङ, होम काजी गुरुङ, राजकुमार राई, रबिन गुरुङ, सन्तोष खालिङ लगायतका युवाहरुको सहयोगमा र हौचुर निवासी हाल ललितपुर निवासी सम्मर खड्काको सहयोगमा ४५ हजार बाराबरको सामान खरिद गरेर गाउँसम्म पुराउन अमह भुमिकामा निर्वाह गरेका थिए । 

हौचुर स्वास्थ्य चौकीलाई एक थान फ्रीज र एक थान अत्याधुनिक बेड केदार खड्का र वडाका वडा अध्यक्ष चिरञ्जीवी कार्की मार्फत हौचुर स्वास्थ्य चौकाकी प्रमुख रिता जिरेललाई हिजो शुक्रबार हौचुर स्वास्थ्य चौकी भवनमा हस्तान्तरण गरिएको छ। 

समाजसेवी राईले कोरोना महामारीको विषम परिस्थितिमा समेत ६५ हजार बराबरको सर्जिकल फेस माक्स र सानिटाइर सहयोग गरेका थिए। समाजसेवी राईले हिमालीसंचारडटकमसंग कुरागर्दै यस महान कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण रावा बेसी गाउँपालिकाको देश विदेशमा रहनु हुने सहयोगी दाताहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका छन्। 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...