News Portal

पाठ्यपुस्तकमा निजीको मनोमानी, विद्यार्थीले महगोमा किन्न बाध्य

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं – निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।

पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को पाठ्यपुस्तकका लागि प्रतिपृष्ठ एक रुपियाँ १० पैसा, दुई रङका लागि प्रतिपृष्ठ एक रुपियाँ २५ पैसा र बहुरङ (रङ्गीन) का लागि प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ । 

तर निजी प्रकाशकहरूले यो दरअनुसार मूल्य निर्धारण गरेका छैनन् । नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेख्यै गर्छ । गत वर्ष पाठ्यपुस्तकसम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

पुस्तक व्यापारमा अधिकांश निजी विद्यालयको बेग्लाबेग्लै प्रकाशनसँग सम्बन्ध हुन्छ । तिनीहरूले अभिभावकलाई तोकेकै प्रकाशन वा पसलमा तोकेकै मूल्यमा किन्न बाध्य पार्छन् । यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...