News Portal

भारत विद्युत् निर्यात गर्दा पश्चिम नेपालका मुख्य सहर, ग्रामीण इलाकाका बासिन्दा असन्तुष्ट

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं – बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ । यसरी निर्यातको  सामाचार  पढ्दै  गर्दा  धेरै  नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन्  ।  त्यसको  एउटै  कारण  हो  आफूले  पाएको  गुणस्तरहीन बिजुली ।

दैनिक  साढे  सात  करोड  रुपियाँको  विद्युत्  निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात । ४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग-यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी  प्रियङ्का  साहको  प्रतिक्रिया  छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?” 

समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्छन्, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनौं । लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज,  टीभी  चल्दैनन्  ।” 

विद्युत्को  यस्तो  गुणस्तर  भोगिरहेका  सुवेदी  सरकारले  प्रत्येक  घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ । नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...