News Portal

चीनसँग नेपाल १० विकेटले विजयी

हिमाली संचार संवाददाता
६३५ पटक

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।

यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए । ६ रन हुँदा पहिलो विकेट गुमाएको चीनले दोस्रो विकेट २१ रनमा खेर फालेको थियो । तर टिमको स्कोर २१ रननै हुँदा थप ४ विकेट गुमायो । टिमको स्कोर बोर्डमा ४ रन थप्दा चीनले सातौ विकेट गुमाएको थियो ।

त्यसपछि बाँकी एक रन जोड्दै स्कोर २६ पुग्दा चीन अल आउट भएको थियो । नेपाल एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहन अब सिंगापुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिंगापुर अहिले दोस्रो स्थानमा छ । नेपाल र सिंगापुरले अहिलेसम्म शतप्रतिशत नतिजना निकालेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...