News Portal

चीनसँग नेपाल १० विकेटले विजयी

हिमाली संचार संवाददाता
६७२ पटक

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।

यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए । ६ रन हुँदा पहिलो विकेट गुमाएको चीनले दोस्रो विकेट २१ रनमा खेर फालेको थियो । तर टिमको स्कोर २१ रननै हुँदा थप ४ विकेट गुमायो । टिमको स्कोर बोर्डमा ४ रन थप्दा चीनले सातौ विकेट गुमाएको थियो ।

त्यसपछि बाँकी एक रन जोड्दै स्कोर २६ पुग्दा चीन अल आउट भएको थियो । नेपाल एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहन अब सिंगापुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिंगापुर अहिले दोस्रो स्थानमा छ । नेपाल र सिंगापुरले अहिलेसम्म शतप्रतिशत नतिजना निकालेका छन् ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...