News Portal

मन मिलेसम्म लभ, नमिले ब’लात्कार भन्न पाइदैन : सांसद चौधरी

हिमालीसंचार संवाददाता
२४७ पटक

काठमाडौं – सांसद गंगा चौधरी यौन हिंसा जघन्य अप राध भएको बताएकी छन् । सोमबार संसदमा बोल्दै चौधरीले कानून सबैका लागि समान हुनुपर्ने बताउदै नम मिलेसम्म लभ, मन नमिलेपछि बलात्कार भन्ने जुन प्रकारका अबस्था छ त्यो भन्न पाइदैन भन्दै कानून दह्रो बनाउनु पर्ने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘कानून फितलो बनाउनु हुँदैन । संसद भनेको भावनामा बगेर कानून निर्माण गर्ने थलो होइन । एउटा समुदाय, एउटा वर्गको लागि मात्रै कानून निर्माण गर्ने होइन । नेपाली जनताको वास्तविक अवस्थालाई हेरेर कानून निर्माण गर्न जरुरी छ ।’

उनले अभिनेता पल शाह र पूर्व सभामुख कृष्णबहादुर महराका उदाहरण दिँदै सांसद चौधरीले मन मिलेसम्म लभ र नमिलेपछि बलत्कारको संज्ञा दिन नहुने बताइन् । उनले भनिन्,‘जबसम्म मन मिल्यो तबसम्म उसलाई लभको संज्ञा दिने । त्यसपछि आफ्नो स्वार्थ पूरा नभएपछि बलत्कारको संज्ञा दिने। पूर्वसभामुखको घटना पनि हामी हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो कसैलाई पत्तो हुँदैन । स्वार्थ नमिलेपछि बल त्कारको संज्ञा दिएर उहाँ (महरा)लाई ६/६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नुहुँदैन । ‘

उनले हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने समेत बताएकी संसद चौधरीले ‘मुद्धाको चाङ लाग्छ अनि न्याय कसरी पाउने ? यो दृष्टिकोणबाट पनि हेर्न जरुरी छ ।  महिलावि रुद्ध बोल्यो भनेर नभन्नुहोस् । म एउटा देशको सांसद पनि हो ।’ 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...