News Portal

रोकिएन अझै सीमा क्षेत्रबाट मानव तस्करी

हिमालीसंचार संवाददाता
२५९ पटक

कृष्ण उदास खनाल, वीरगन्ज। वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरीसहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ। नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको हो।

माइती नेपालले यस वर्षको सन् २०२२ को जनवरीदेखि मे महिनाको अन्त्यसम्ममा उक्त संख्यामा महिला तथा बालबालिकाको उद्धार गरेको हो। जोखिमपूर्ण रुपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरुले उनीहरुलाई उद्धार गरेका थिए।

माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार, यस अवधिमा उद्धार गरिएका ७७ जनामध्ये १८ वर्षसम्मका २७ र १९ वर्ष माथिका ५० जना छन्।

यस अवधिमा गृहले नेपाल र भारत प्रहरीको समन्वयमा भारतको रक्सौलबाट ५, सिक्टाबाट १, मुम्बईबाट १२ र मोतिहारीको बालिका गृहमा रहेका ८ महिला तथा बालबालिकालाई उद्धार गरी नेपाल फर्काएको छ।

तीमध्ये मोतिहारीको बालिका गृहबाट ल्याइएका चेलीहरु त्यहाँको विभिन्न आर्केष्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए। यस अवधिमा प्रहरीलगायत विभिन्न संस्थाबाट २२ जना समस्यामा परेका महिला तथा बालबालिकालाई गृहको संरक्षणमा ल्याइएको छ।

ती मध्ये १८ वर्ष मुनिका ९ र १८ वर्ष माथिका १३ जना थिए। गृहले यस अवधिमा १६ वर्षीया नाबालिकाको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गराएको छ। उक्त मुद्दामा आरोपी पुरुष पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन्।

त्यसैगरी, गृहले यस अवधिमा जबरजस्ती करणीका २ मुद्दा दर्ता गराएको छ। ३५ वर्षीय पुरुष र ४२ वर्षीया महिलाउपर मुद्दा दर्ता गराइएको पौडेलले बताइन्।

यसबाहेक २ जना पुरुषउपर गृहले अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएको छ। १४ वर्षीया बालिकाउपर उनीहरुले यो अपराध गरेको र तीमध्ये १ फरार रहेको पौडेलले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...