News Portal

सरकारले १० महिनामा ५ लाखलाई श्रमस्वीकृति प्रदान गर्यो

हिमालीसंचार संवाददाता
२०६ पटक

काठमाडौं – चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।

चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । 

कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको खुकुलोका कारण कोरोना संक्रमणका बीच पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...