News Portal

घटस्थापनाकै दिन काठको बाकसमा छोरा फर्किँएपछी..

हिमाली संचार संवाददाता
५७९ पटक

विशाल सापकोटा
काठमाडौं : झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् ।

छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे ।

जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त बुझाए ।

तर, केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका झलक दुर्घटनामा परे । उनको उतै मृत्यु भयो ।

बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जति पटक पुछे पनि उनका बलिन्धारा आँशु खसिरहे । बुढेसकालको साहारा ठानेका छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए ।

परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका झलक दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि भाका सारे । भाका भन्दा अघि नै आए तर … । ‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो’, जितबहादुरले भक्कानिँदै यत्ति भन्न सके ।

झलकको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो । निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए ।

जीतबहादुरका अनुसार झलक तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए । यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो ।

जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर झलक साउदी गएका थिए ।

जेठीपट्टीकै छोरा हुन् सृजल । उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्नसम्म सक्ने भएका छन् । आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन् ।

झलक जस्तै धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका नेपालीले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् । औसतमा दैनिक ३ वटा शव विमानस्थलमा आउँछन् । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने यो संख्या भयावह छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार छ । अवैधानिक रुपमा विदेश गएर ज्यान गुमाएकाहरुको संख्याको त अझ गन्ती नै छैन ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...