News Portal

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौं – प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् । 

अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो। ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फौलाइरहेका छन् । हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौँ,’ अध्यक्ष नेपालले भने ‘हामीमा कुनै पदको लालसा छैन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...