News Portal

  • खोटाङको केपिलासगढी गाउँपालिकाको कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीस्थित कुहुडाँडा माध्यामिक विधालयको शुक्रबारे स्थित १० कोठे पक्की भवन उद्घाटन गरिएको छ। जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज राखाबांदेल ऐसेलुखर्क मार्फत निर्माण गरिएको उक्त भवन बुधबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन्।

    नवनिर्मित भवन विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक भएको नया भवन निर्माण सम्पन गरी उद्धाटन गरिएको हो। विधालयको कमजोर र जिर्ण भवन भएका कारण वर्षा याममा पठन-पाठनका लागि असहज भइरहेको विद्यालयलाई जि–फाउण्डेसनले दुई-दुई कोठा भएको पाँच वटा नया भवन निर्माण गरी सिर्जनशिल भरिया समाजले सामाजिक लेखा परीक्षण गरेर नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको हो। 

    चालु आर्थिक वर्ष जि-फाउण्डेसनको ७२ लाख ७२ हजार ९५४ तथा समुदाय र स्थानीय सरकारको ८ लाख ९६ हजार ६७३ गरी ८१ लाख ६९ हजार ६२८ मा ३ वटा ब्लक निर्माण गरिएको हो। नवनिर्मित नया पक्की भवन बनेपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न र विद्यार्थीको अध्ययन गर्ने मनोवल बढाउन सहयोग पुगेको विद्यालयले श्रोतले हिमालीसंचारडटकमसंग बताए। 

    यस्तै, गत वर्ष जि–फाउण्डेसनको ४५ लाख ८७ हजार २८१ तथा समुदायको ४ लाख ३६ हजार ९३४ रुपैयाँ गरी ५० लाख २५ हजार २१५ रुपैयाँको लागतमा २ वटा ब्लक निर्माण गरिएको थियो। 

    केपिलासगढी गाउँपालिका अध्यक्ष राईले विद्यालय भवन उद्धाटन गर्दै आफ्नो धारणा राख्ने क्रममा नया भवन आकर्षक र सुविधा सम्पन्न विधालय भवन बनाउन सहयोग गरेका जि–फाउण्डेसन र सिर्जनशिल भरिया समाजलाई आभार व्यक्त गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...