News Portal

अल्झिएको साहित्य परीवारद्वारा बिजया दशमीको शुभकामना आदनप्रदान

हिमाली संचार संवाददाता
१६७१ पटक

काठमाडौं : अल्झिएको साहित्य ग्रुपद्वारा बिजया दशमी – २०७५ को अबसरमा आयोजित श्रष्टा भेटघाट, सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम मंगलवार डिल्लीरमण पुस्तकालयको सभाहल लाजिम्पाटमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

ग्रुपका संयोजक सिताराम खड्काको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथी पोष्टराज चापागाईं र विशिष्ट अतिथिको रुपमा कलानिधी दाहाललाई निम्त्याइएको थियो। साथै कार्यक्रमलाई प्रमुख अतिथी पोष्टराज चापागाईंले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने स्वागत मन्तव्य ग्रुपको तर्फबाट निर्दोष क्षेत्रीले राख्नु भएको थियो।

दिउँसो करिब ०१:०० शुरु भएको कार्यक्रममा साहित्यलाई माया गर्नु हुने तमाम साहित्यिक मनमुटुहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै उक्त अबसरमा साहित्य जगतका २ उदयमान श्रष्टाहरु अंचल बान्तावा र मुना खतिवडा लाई खादा ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा उत्कृष्ट रचना बाचन गर्ने ३ सर्जकहरुलाई पनि पुरस्कृत गरिएको थियो जसमा गजल बाचन तर्फ प्रथम हुने मानुषी रेग्मी, मुक्तक बाचन तर्फ प्रथम हुने सुशीला ढकाल र कविता बाचन तर्फ प्रथम हुने दीक्षा भण्डारी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चापागाईंले साहित्यको उत्थानको लागी यस्ता कार्यक्रमले ठूलो मलजल गर्ने र नव श्रष्टाहरु साहित्यमा सहजै आकर्षित हुने बताउनु भयो। अर्का अतिथी दाहालले पनि आफ्नो तर्फबाट मन्तब्य राख्नु भएको थियो। उहाँहरु दुबैलाई ग्रुपको तर्फबाट बिशेष सम्मान गरिएको थियो।

ग्रुपका सचिब बासु सापकोटाले कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको र नेपाली साहित्य जगेर्नाको लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई  निरन्तरता दिने बताउनु भयो।

ग्रुपमा आनन्दलाल घलान, कैलाश बस्नेत, तारा घिमिरे, सम्झना श्रेष्ठ, गणेश भण्डारी, कमला पन्त र एकल वर्षा के.सी साथै सल्लाहकार समिती र निरीक्षण समिति रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...