News Portal

  • करमा छुटै छुट, व्यक्तिदेखि किसान र उद्योगी-व्यवसायीसम्मलाई करमा छुट

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    काठमाडौं – सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्।

    आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि व्यक्तिगत रूपमा ४ लाख र दम्पतीका हकमा ५ लाख रुपैयाँ आम्दानीमा कर लाग्दैनथ्यो। आयकर प्रयोजनका लागि बिमा प्रिमियमवापत घटाउन पाउने सीमालाई ४० हजार पुर्‍याएको छ।

    सरकारले विद्युतीय सवारी साधन उद्योगलाई प्रोत्साहित गर्न ४० प्रतिशतसम्म आयकर छुट दिने भएको छ। चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना भएमा त्यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट पाउने छन्। 

    नेपालबाहिर सफ्टवेयर, विद्युतीय सेवा, बिजनेस प्रोसेस आउट सोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई सोबमोजिमको आयमा ९९ प्रतिशत कर छुट गरी एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...