News Portal

  • काठमाडौं महानगरबासीका ‘बाहुबली’

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले।

    ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।

    हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन् ।

    कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। यो समाचार नागरिक दैनिकमा छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...