News Portal

काठमाडौं उपत्यकामा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।

माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी क्षेत्रमा समेत सवारी आवतजावतमा प्रभाव परेको थियो । वर्षाको पानीका कारण बिहीबार र बुधबार काठमाडौंमा घण्टौं जाम लागेको थियो ।

टेकु अनामनगर, सुन्धारा, पुतलीसडक, बानेश्वर, माइतीघर, नाराणहिटीलगायतका क्षेत्रमा अबेरसम्म ट्राफिक जाम भएको थियो । ट्राफिक जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मे परेको थियो । काठमाडौं उपत्यकाका ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ ।

विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र काठमाडौंमा थुप्रिएको प्लास्टिकलगायत फोहोरका कारण पनि वर्षाको पानी सडकमा जम्ने गरेको छ । सडक किनारामा रहेका ढल फोहोरले टालिएपछि पानी सडकमा जम्ने गरेको छ ।

ढलको मुख सानो हुने र त्यसमा पनि फोहोरले टालिएपछि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री समस्यामा परेका छन् । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीसमेत मारमा पर्ने गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...