News Portal

काठमाडौं उपत्यकामा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।

माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी क्षेत्रमा समेत सवारी आवतजावतमा प्रभाव परेको थियो । वर्षाको पानीका कारण बिहीबार र बुधबार काठमाडौंमा घण्टौं जाम लागेको थियो ।

टेकु अनामनगर, सुन्धारा, पुतलीसडक, बानेश्वर, माइतीघर, नाराणहिटीलगायतका क्षेत्रमा अबेरसम्म ट्राफिक जाम भएको थियो । ट्राफिक जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मे परेको थियो । काठमाडौं उपत्यकाका ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ ।

विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र काठमाडौंमा थुप्रिएको प्लास्टिकलगायत फोहोरका कारण पनि वर्षाको पानी सडकमा जम्ने गरेको छ । सडक किनारामा रहेका ढल फोहोरले टालिएपछि पानी सडकमा जम्ने गरेको छ ।

ढलको मुख सानो हुने र त्यसमा पनि फोहोरले टालिएपछि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री समस्यामा परेका छन् । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीसमेत मारमा पर्ने गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...