News Portal

  • बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

    हिमाली संचार संवाददाता
    ५३५ पटक

    ढाका – बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

    तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

    तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।

    रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

    भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् ।

    ‘हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं,’ कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । ‘हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।’

    होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे । उनले पूर्व गृहमन्त्री समेत दुईजना मन्त्री र पूर्व जासूसी संस्थाका दुईजना प्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताए ।

    बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले बताए । उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

    सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहनु भएको थियो । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।

    चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरेका थिए ।

    बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ । अझै पनि सयौं व्यक्ति मृत्युदण्डको पर्खाइमा छन् । सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ ।

    सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ट प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

    गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको बताए ।

    रहमानका वकील सनाउल्लाह मियाले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताए । उनले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताउए ।

    उनले आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया...

    जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च...