News Portal

ट्राफिक प्रहरीको विशेष कार्ययोजना : बुधबारबाट द्रूत टोली परिचालन

हिमाली संचार संवाददाता
६६८ पटक

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी दू्रत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन्  दसैं, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट सो कार्ययोजना लागू गरिएको हो ।

चारपाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनुपरेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए । एकमहिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

उपत्यकाको नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोलीले जनताको जीउधनको सुरक्षा गर्नेगरी आवश्यक अभियान पनि संचालन गर्नेछ ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...