News Portal

हसीनामाथि ग्रिनेड आक्रमणमा पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी, पूर्व गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

हिमाली संचार संवाददाता
७९५ पटक

एजेन्सी – प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ ।

यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ ।

अदालतले १९ जनालाई उम्रकैदको सजाय सुनाएको छ भने बाँकी १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

मृत्युदण्डको सजाय पाउनेमा पूर्व गृह राज्यमन्त्री लत्फोजमान बाबर पनि सामेल छन् ।

तारिक रहमान भने हाल लन्डनमा रहेका छन् । यसअघि नै बेलायती अधिकारीले उनको बारेमा बंगलादेशलाई जानकारी दिन अस्वीकार गरिसकेको छ ।

यस्तोमा अदालतले उनलाई भगौडा घोषित गरेको छ ।

शेख हसिनाको चुनावी र्यालीमा सन् २००४ को अगस्त २१ मा ग्रिनेड हमला भएको थियो ।

यसमा २४ जनाको मृत्यु भएको थियो भने आवामी लिगका प्रमुख शेख हसीनासमेत ५ सय जनाभन्दा बढी घाइते भएका थिए ।

ढाकाको फास्ट ट्रयाक ट्रिब्युनलका न्यायाधीश शाहिद नुरुद्दीनले आजीवन कारावासको सजाय पाउने १८ अन्य आरोपी सहित तारिक रहमानलाई कारागार पठाउन आदेश दिएको छ ।

न्यायाधीशले हमलाको नियतलाई लिएर १२ बुँदामा चर्चा गरेका थिए ।

जाँचकर्ताले हमलाको मुख्य निशाना शेख हसीना थिइन् । यस हमलामा उनी पनि घाइते भएकी थिइन् ।

उक्त घटनामा आवामी लिगको महिला फ्रन्टका अध्यक्ष तथा पूर्व राष्ट्रपति जिया उल रहमानकी पत्नी इवी रहमानको मृत्यु भएको थियो ।

भ्रष्टाचारको मामिलामा खालिदा जिया अहिले पाँच वर्षको सजाय काटिरहेकी छिन् ।

उनलाई ग्रिनेड हमलामा आरोपी बनाइएको थिइएन ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...