News Portal

सिजनक आरोहणः यो सिजनमा ४९० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण

हिमालीसंचार संवाददाता
२३२ पटक

काठमाडौं – यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ। अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ।

विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समयमै सम्पन्न हुन लागेको छ। 

अहिलेको तयारीअनुसार अब कसैले अनुमति नलिए मे २८ भित्र सगरमाथा आरोहण सकेर डोरी निकाल्ने काम सम्पन्न हुनेछ। यो सिजनमा विभिन्न २७ हिमाल आरोहणका लागि १२३ समूहका ९६८ आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथा हिमाल आरोहणका लागि ४२ आरोही समूहका ३१९ आरोहीले अनुमति लिएका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...