News Portal

  • शिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्चले उल्टायो

    हिमालीसंचार संवाददाता
    २६१ पटक

    विराटागर –  महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा शिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ ।

    गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । मंगलबार उच्चअदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको हो ।

    उच्चअदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरु पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश भएको छ । इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गर्न र पीडित र पीडक पक्षको बकपत्र तथा प्रमाणहरु बुझेर पुनः इन्साफ गर्ने फैसला गरेको हो ।

    २०७६ कात्तिक ४ गते राति शिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि हिरासतको अवधि शिद्धबाबाले विराट नर्सिङ होममा बिताएका थिए ।

    गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । ९ माघ २०७६ मा उच्चअदालत विराटनगरका तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदेश दिएको थियो । जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए ।

    २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो । जिल्लाको फैसलामा भनिएको छ, ‘जाहेरवाला र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

    जिल्लाको फैसला विरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता भएको थियो । जिल्लाको फैसला विरुद्ध सिद्धबाबा पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए । दुवै निवेदन लगाउमा थिए ।  उच्चको फैसलापछि जिल्लाले पुनः प्रमाण बुझेर फैसला गर्नुपर्ने सूचना अधिकारी सुवेदीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    शिक्षकबाटै यौन आक्रमण प्रयास, रोक्न गएका नागरिक पक्राउ

    पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन...

    चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम उच्च

    काठमाडौं, साउन २ – देशभर मनसुन सक्रिय रहँदा आगामी केही दिन मौसम बदली रहने निश्चित...

    लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

    रविन्द्र बराल/ मोरङ, साउन २ – ईलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको...

    आज २०८२ साल साउन २ गतेको राशिफल

    आज साउन २, २०८२ (जुलाई १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...