News Portal

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको शतक पुरा, एमाले पनी कटायो अर्धशतक

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं –   गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा निर्वाचित भइसकेका छन् ।

अहिले जारी मत गणनामा नेपाली काँग्रेसले पालिकाको नेतृत्व शतक पूरा गरेको छ । नेपाली काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको मात्र जितेको छ । पछिल्लो मत गणना भइरहदा नेपाली काँग्रेसले १७५ पालिकामा अग्रता लिइरहेको छ । 

यस्तै, नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ । ८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । नेकपा एमाले अहिले जारी मत गणनामा ५७ प्रमुख र ५८ अध्यक्ष गरी ११५ पालिकामा अग्रस्थानमा छ । 

नेकपा माओवादी केन्द्रले ३ प्रमुख र ४१ अध्यक्ष गरी ४४ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा माओवादी केन्द्रले ३ उपप्रमुख र ४१ उपाध्यक्ष गरी ४४ मा जित हात पारेको छ । अहिले जारी मत गणनमा माओवादीले प्रमुखमा २२ र अध्यक्षमा ४१ पालिकाको अग्रस्थानमा रहेको छ । अहिले जारी मत गणनमा उपप्रमुखमा ३३ र उपाध्यक्षमा ३७ पालिकामा माओवादीले अग्रता लिएको छ । 

नेकपा एकीकृत समाजवादीले प्रमुखमा १ र अध्यक्षमा ४ पालिकाको नेतृत्व हात पारेको छ । जारी मत गणनामा ३२ प्रमुख र २६ अध्यक्षमा अन्यको अग्रता छ । उपप्रखुमा १ उपाध्यक्षमा ६ अन्यले जितेका छन् । त्यस्तै, २२ उपप्रमुख र २५  उपाध्यक्षमा पनि अन्यको अग्रता रहेको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...