News Portal

खोटाङमा बालेन्द्र शाहको हार-जीतको विषयलाई लिएर खशीको बाजी

हिमालीसंचार संवाददाता
१२७७ पटक

खोटाङ – खोटाङ जिल्लामा काठमाडौं महानगरपालिका काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको (बालेन) हार र जीतको विषयलाई लिएर खोटाङका दुई युवाले बाजी राखेका छन् ।

बालेन्द्र शाहको (बालेन) जीत हुने वा हार हुने पक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बिजय फुयाल र रमेश खड्काले २८ किलोको खशी वा सो बराबरको रकमको बाजी राखेका हुन् । बिजय फुयाल ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश खड्का ‘हार्छ’ भन्ने पक्षमा छन् ।

मेयर पदका उम्मदवार बालेन शाहले  जितेमा रमेशले बिजयलाई २८ किलोको खशी दिने र बालेन शाहले हारेमा बिजय फुयालले रमेश खड्कालाई २८ केजीको खशी वा सो सरहको मासुको रकम दिनेगरी कागजपत्र बनाइएका छन् ।

मेयर पदका उम्मेदवारका विषयमा दुई युवाबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको राजन दुलालको घरमा बसेर बाजी स्वरुप कागज तयार पारेर सहीछाप गरेका हुन् । उनीहरुले सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्यको रोहबरमा लिखित कागज गरेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...