News Portal

खोटाङमा बालेन्द्र शाहको हार-जीतको विषयलाई लिएर खशीको बाजी

हिमालीसंचार संवाददाता
१२४५ पटक

खोटाङ – खोटाङ जिल्लामा काठमाडौं महानगरपालिका काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको (बालेन) हार र जीतको विषयलाई लिएर खोटाङका दुई युवाले बाजी राखेका छन् ।

बालेन्द्र शाहको (बालेन) जीत हुने वा हार हुने पक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बिजय फुयाल र रमेश खड्काले २८ किलोको खशी वा सो बराबरको रकमको बाजी राखेका हुन् । बिजय फुयाल ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश खड्का ‘हार्छ’ भन्ने पक्षमा छन् ।

मेयर पदका उम्मदवार बालेन शाहले  जितेमा रमेशले बिजयलाई २८ किलोको खशी दिने र बालेन शाहले हारेमा बिजय फुयालले रमेश खड्कालाई २८ केजीको खशी वा सो सरहको मासुको रकम दिनेगरी कागजपत्र बनाइएका छन् ।

मेयर पदका उम्मेदवारका विषयमा दुई युवाबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको राजन दुलालको घरमा बसेर बाजी स्वरुप कागज तयार पारेर सहीछाप गरेका हुन् । उनीहरुले सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्यको रोहबरमा लिखित कागज गरेका हुन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...