खोटाङ – खोटाङ जिल्लाका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।
नेकपा माओवादी केन्द्र र जसपासँगको गठबन्धन रहेका उनीहरु वडाध्यक्ष निर्वाचित भएका हुन् । पालिकाको खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।
त्यस्तै, पालिकाको बासपानीमा दुई खुला सदस्य नेकपा माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला तर्फ दुई सदस्य पनि महिला रहेका छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला निर्वाचित भएका छन् ।