News Portal

भक्तपुरका विद्यालयमा सातामा दुई दिन बिदा नदिन नगरपालिकाको निर्देशन

हिमालीसंचार संवाददाता
२१० पटक

काठमाडौं – नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ । ‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर नगरपालिकाको सूचनामा भनिएको छ ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकाले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड जनप्रतिनिधि आउने बित्तिकै निर्णय हुन्छ ।’

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...