News Portal

सुनसरी जिल्लाको बराहक्षेत्रमा मतगणना स्थगित

हिमालीसंचार संवाददाता
३६२ पटक

धरान – सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । बराहक्षेत्र वडा नम्बर १ को १७ सय मत गणना भइरहेको सनयमा मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो ।

जिल्लाको बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयर पदको उम्मेदवार कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो ।

पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८ नत प्राप्त गरेका छन्। गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार रामबहादुर विष्टले ११५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपमेयर पदमा एमालेका नन्दकुमारी सुनुवारले ७११, मत प्राप्त गरेका छन् भने गठबन्धनका माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...