News Portal

धरान वडा नं. ३ मा सत्तारुढ गठबन्धनको प्यानलै विजयी

हिमालीसंचार संवाददाता
४३३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ३ मा सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ । निर्वाचन कार्यालयले वडा ३ को अन्तिम मतपरिणाम सार्वजनिक गरी सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको धोषणा गरे।

धरानको वडा नं. ३ मा १९८७ मत खसेको थियो । खसेको मतमध्ये वडाअध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्य विजयी भएका हुन् । शाक्यले १०४२ मत प्राप्त गरेका थए। पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए।

यस्तै, महिला सदस्यमा सत्तारुढ गठबन्धनका उषा सुब्बाले १०४२ मत प्राप्त गरी विजयी भइन्। खुला सदस्य मनिष खड्गीले ११०६ मतले प्राप्त गरी विजयी भएकी छिन्। मिङ्मा भोटेले ९९९ मत प्राप्त गरी विजयी भएकी छिन् । 

धरानको वडा नं. ३ सत्तारुढ गठबन्धनका मेयर रदका उम्मेदवार किशोर राईले ७२० मत प्राप्त गर्दै अग्रस्थान कायम गरिरहेका छन् भने स्वतन्त्रबाट मेयर पदका उम्मेदवार हर्क साम्पाङले ५१४ मत प्राप्त गरी दोस्रो स्थानमा छन् त्यस्तै, एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ४०७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपमेयर पदका उम्मेदवार सत्तारपढ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ८२३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्वोले ४९७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...