News Portal

  • काठमाडौं महानगरका एमालेको प्रभाव क्षेत्रमा बालेनलाई धेरै मत

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना अहिले भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।

    त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाहरुमा यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत प्राप्त गरेका छन् ।

    यी वडाहरुमा ६ हजार ४७३ मत गणना हुदा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहले १ हजार १६८ मत प्राप्त गरेकी छिन। यी वडाहरुको करिब आधा मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् । यो वडामा तीन हजार तीन सय ६० मतदाता रहेकामा तीन हजार ३५४ मत खसेको छ ।

    काठमाडौं वडा नं. १ को अध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसबाट किरण श्रेष्ठ, माओवादी केन्द्रबाट अर्जुन महर्जन र नेकपा एकीकृत समाजवादीबाट पुष्पकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

    लाजिम्पाट क्षेत्र पर्ने वडा नं. २ मा बालेनले ५३० मत पाउँदा स्थापितले ३१३ र सिंहले १७७ मत पाएकी छन् । वडा २ को १४ सय मत गणना भएको छ । वडा नं. २ मा राजेन्द्र श्रेष्ठ एमालेबाछट वडाध्यक्षको उम्मेदवार छन् । श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा यही वडाबाट सदस्यमा विजयी भएका थिए । कांग्रेसबाट सुर्य लाल महर्जन र नेकपा माओवादीबाट रमेश डंगोल वडाध्यक्षको उम्मेदवार छन् ।

    महाराजगञ्ज क्षेत्र पर्ने वडा नम्बर ३ बाट बालेनले ३०५ मत पाउँदा स्थापितले २९२ र सिंहले १६८ मत पाएकी छन् । वडा नं. ३ मा ९ हजार ३९० मतदाता छन् । यो वडामा एमालेले प्रेम थापा, कांग्रेसले राजेश अधिकारी र नेकपा एकीकृत समाजवादीले दीपक केसीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

    बालुवाटार क्षेत्र पर्ने वडा नं. ४ मा बालेनले ५३० मत पाउँदा स्थापितले २६२ र सिंहले २३८ मत पाएकी छन् । वडा नं. ४ को अध्यक्षका लागि एमालेबाट दिनेश महर्जन, कांग्रेसबाट रामप्रसाद न्यौपाने र माओवादी केन्द्रबाट रमेशकुमार राई उम्मेदवार छन् ।

    कोटेश्वर क्षेत्र पर्ने वडा नं. ३२ मा बालेनले ५७७ मत पाउँदा स्थापितले २९९ र सिंहले २५३ मत पाएकी छन् । कोटेश्वर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पकड क्षेत्र मानिन्छ ।

    यो वडामा नेकपा एकीकृत समाजवादीले सीता कँडेललाई कांग्रेसको समर्थनमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले नवराज पराजुली, माओवादी केन्द्रले राम भारतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

    रैथाने मतमा ध्यानः

    मतगणनास्थलमा भेटिएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता भने चार वटा वडाको प्रारम्भिक मत गणनाको नतिजाले जित हारको अनुमान गर्न नसकिने बताउँछन् ।

    उनीहरु काठमाडौंको मतदातालाई भित्री शहर (कोर सिटी) र बाहिरी शहरका मतदाताका रुपमा विभाजन गर्न सकिने बताउँछन् ।

    काठमाडौंको भित्री शहरका वासिन्दाको मत करिब ६६ हजार हाराहारीमा रहेको र त्यसको आधा मात्रै मत यसपटक खसेको नेताहरुको अनुमान छ । एमालेका एक नेताका अनुसार ‘कोर सिटी’को मत आधा भन्दा कम अर्थात ३० हजार हाराहारी मात्रै खसेको छ र बाहिरको मत ९० प्रतिशत भन्दा बढी खसेको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वटामध्ये १२ वटा वडा भित्री शहरमा पर्छन् । जसमा १० वटा वडा पुरै र दुई वटाको आधा भाग पर्छ । वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ वडा भित्री शहरमा पर्छन् । यी १० वटा वडामा ५३ हजार ९ सय ६२ मतदाता छन् । जसमा धेरैजसो नेवार समुदायका मतदाता छन् ।

    त्यस्तै, १३ र १७ नम्बर वडाको आधा भाग भित्री सहरमा पर्छ । १३ नम्बर वडामा १२ हजार १५९ मत र १७ नम्बर वडामा ८ हजार १९९ मत छ । बाहिरी शहरको प्रारम्भिक मत परिणामले अन्तिम मत परिणाको संकेत नदिने नेताहरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...