News Portal

काठमाडौं महानगरका एमालेको प्रभाव क्षेत्रमा बालेनलाई धेरै मत

हिमालीसंचार संवाददाता
३१९ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना अहिले भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।

त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाहरुमा यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत प्राप्त गरेका छन् ।

यी वडाहरुमा ६ हजार ४७३ मत गणना हुदा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहले १ हजार १६८ मत प्राप्त गरेकी छिन। यी वडाहरुको करिब आधा मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् । यो वडामा तीन हजार तीन सय ६० मतदाता रहेकामा तीन हजार ३५४ मत खसेको छ ।

काठमाडौं वडा नं. १ को अध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसबाट किरण श्रेष्ठ, माओवादी केन्द्रबाट अर्जुन महर्जन र नेकपा एकीकृत समाजवादीबाट पुष्पकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

लाजिम्पाट क्षेत्र पर्ने वडा नं. २ मा बालेनले ५३० मत पाउँदा स्थापितले ३१३ र सिंहले १७७ मत पाएकी छन् । वडा २ को १४ सय मत गणना भएको छ । वडा नं. २ मा राजेन्द्र श्रेष्ठ एमालेबाछट वडाध्यक्षको उम्मेदवार छन् । श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा यही वडाबाट सदस्यमा विजयी भएका थिए । कांग्रेसबाट सुर्य लाल महर्जन र नेकपा माओवादीबाट रमेश डंगोल वडाध्यक्षको उम्मेदवार छन् ।

महाराजगञ्ज क्षेत्र पर्ने वडा नम्बर ३ बाट बालेनले ३०५ मत पाउँदा स्थापितले २९२ र सिंहले १६८ मत पाएकी छन् । वडा नं. ३ मा ९ हजार ३९० मतदाता छन् । यो वडामा एमालेले प्रेम थापा, कांग्रेसले राजेश अधिकारी र नेकपा एकीकृत समाजवादीले दीपक केसीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

बालुवाटार क्षेत्र पर्ने वडा नं. ४ मा बालेनले ५३० मत पाउँदा स्थापितले २६२ र सिंहले २३८ मत पाएकी छन् । वडा नं. ४ को अध्यक्षका लागि एमालेबाट दिनेश महर्जन, कांग्रेसबाट रामप्रसाद न्यौपाने र माओवादी केन्द्रबाट रमेशकुमार राई उम्मेदवार छन् ।

कोटेश्वर क्षेत्र पर्ने वडा नं. ३२ मा बालेनले ५७७ मत पाउँदा स्थापितले २९९ र सिंहले २५३ मत पाएकी छन् । कोटेश्वर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पकड क्षेत्र मानिन्छ ।

यो वडामा नेकपा एकीकृत समाजवादीले सीता कँडेललाई कांग्रेसको समर्थनमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले नवराज पराजुली, माओवादी केन्द्रले राम भारतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

रैथाने मतमा ध्यानः

मतगणनास्थलमा भेटिएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता भने चार वटा वडाको प्रारम्भिक मत गणनाको नतिजाले जित हारको अनुमान गर्न नसकिने बताउँछन् ।

उनीहरु काठमाडौंको मतदातालाई भित्री शहर (कोर सिटी) र बाहिरी शहरका मतदाताका रुपमा विभाजन गर्न सकिने बताउँछन् ।

काठमाडौंको भित्री शहरका वासिन्दाको मत करिब ६६ हजार हाराहारीमा रहेको र त्यसको आधा मात्रै मत यसपटक खसेको नेताहरुको अनुमान छ । एमालेका एक नेताका अनुसार ‘कोर सिटी’को मत आधा भन्दा कम अर्थात ३० हजार हाराहारी मात्रै खसेको छ र बाहिरको मत ९० प्रतिशत भन्दा बढी खसेको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वटामध्ये १२ वटा वडा भित्री शहरमा पर्छन् । जसमा १० वटा वडा पुरै र दुई वटाको आधा भाग पर्छ । वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ वडा भित्री शहरमा पर्छन् । यी १० वटा वडामा ५३ हजार ९ सय ६२ मतदाता छन् । जसमा धेरैजसो नेवार समुदायका मतदाता छन् ।

त्यस्तै, १३ र १७ नम्बर वडाको आधा भाग भित्री सहरमा पर्छ । १३ नम्बर वडामा १२ हजार १५९ मत र १७ नम्बर वडामा ८ हजार १९९ मत छ । बाहिरी शहरको प्रारम्भिक मत परिणामले अन्तिम मत परिणाको संकेत नदिने नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...