News Portal

कोरोनाका कारणले इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढ्यो

हिमालीसंचार संवाददाता
१९५ पटक

काठमाडौं – कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढाएको हो। अर्कोतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइनमाध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो।

प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...