News Portal

तालिवानको नयाँ निर्णय: श्रीमान–श्रीमतीलाई रेस्टुरेन्टमा सँगै खान बन्देज

हिमालीसंचार संवाददाता
३७१ पटक

अफगानिस्तान। तालिबानले अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा पुरुषहरूलाई अब परिवारका सदस्यसँग बसेर रेस्टुरेन्टमा खान बन्देज लगाएको छ। यसका अतिरिक्त पार्कमा पनि पुरुष र महिलालाई सँगै जान रोक लगाइएको छ।

अफगानिस्तानको नवगठित सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयले लागू गरेको यो नियम श्रीमान–श्रीमतीमा पनि लागु हुनेछ। एक अफगान महिलाले हालै उनी आफ्नो श्रीमानसँग हेरात रेस्टुरेन्टमा जाँदा त्यहाँकी प्रबन्धकले उनलाई श्रीमानबाट अलग बसेर खाना खान भनेको बताइन्।

सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयका अधिकारी रियाजुल्लाह सिरातले हेरातका पार्कहरूमा पनि मन्त्रालयले यस्तै आदेश जारी गरेको बताए। अब त्यहाँका पार्कमा पुरुष र महिलाहरु फरक–फरक दिनमा मात्र पार्कमा जान पाउँछन्।

अब पार्कहरु बिहीबार, शुक्रबार र शनिबार महिलाका लागि खुल्नेछन् भने आइतबार, सोमबार, मंगलबार, बुधबार पुरुषहरूका लागि खुला हुनेछन्। यसअघि नै तालिबान सरकारले देशका महिलाहरूमाथि धेरै प्रतिबन्ध लागू गरिसकेको छ।

तालिवानको शासनपछि महिलालाई एक्लै यात्रामा हिँड्न, सवारी साधन चलाउन, विज्ञापनमा महिलाको अनुहार प्रयोग गर्न प्रतिबन्ध लागेको छ। अब लामो यात्रामा निस्किने बेला महिलाले पुरुषलाई साथमा लैजानुपर्ने हुन्छ भने सार्बजनिक स्थानमा हिजाब अनिवार्य लगाउनुपर्छ।

तालिबानले माध्यमिक तह र त्यसभन्दा माथिको शिक्षामा महिला विद्यार्थीलाई बन्देज लगाएको छ। पश्चिमी मुलुकहरुले तालिवानमाथि महिलाहरु माथिको प्रतिबन्ध खुकुलो बनाउन दबाब दिइरहेका छन्। तालिवानले भने आफूहरु माथिको प्रतिबन्ध हटाउने विषयमा छलफल हुँदा यो विषयलाई लेनदेनको विषय बनाउने सोच राखेको जस्तो देखिन्छ।

अफगानिस्तानमा तालिवानको सत्ता फर्किएपछि पश्चिमी मुलुकले तिनका बैंकमा जम्मा भएका अफगान कोषलाई फ्रिज गरिदिएको छ। यसले तालिबान शासनले ठूलो आर्थिक कठिनाई भोगिरहेको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...