News Portal

रुकुम पश्चिमको सानीभेरी–२ मा पनि माओवादीको प्यानल निर्वाचित

हिमालीसंचार संवाददाता
२५८ पटक

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ८२ मत ल्याएका छन्  ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यानलै विजयी भएको थियो । वडा नम्बर २ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...