News Portal

रुकुम पश्चिमको सानीभेरी–२ मा पनि माओवादीको प्यानल निर्वाचित

हिमालीसंचार संवाददाता
२३३ पटक

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ८२ मत ल्याएका छन्  ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यानलै विजयी भएको थियो । वडा नम्बर २ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...