News Portal

कुमाख-७ मा वडाध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं – जिल्लाको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्मर शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् ।

विजयी भएका शाहीले ६ सय ४३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत ल्याएका थिए । कवि चन्द भन्दा ४३ मत बढी ल्याएर शाही विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालले बताए ।

यसैगरी माओवादी केन्द्रका सदस्य थलबहादुर पुन, खुला सदस्य दिलबहादुर डाँगी, महिला सदस्य अनिता बुढाथोकी र दलित महिला सदस्य रीता विक विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रिजालले जानकारी गराए ।

उनका अनुसार सदस्य पुनले ६ सय १५, डाँगीले ६ सय २६, महिला सदस्य बुढाथोकीले ६ सय ३३ र दलित महिला सदस्य विकले ६ सय २३ मत ल्याएका थिए । कुल मतदाता १ हजार ९ सय ८९ मतदाता रहेकामा वडा नं ७ मा १ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको भनाइ छ । कुमाख गाउँपालिका वडा नं २ मा पनि वडा अध्यक्षसहित पूरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...