News Portal

कुमाख-७ मा वडाध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं – जिल्लाको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्मर शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् ।

विजयी भएका शाहीले ६ सय ४३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत ल्याएका थिए । कवि चन्द भन्दा ४३ मत बढी ल्याएर शाही विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालले बताए ।

यसैगरी माओवादी केन्द्रका सदस्य थलबहादुर पुन, खुला सदस्य दिलबहादुर डाँगी, महिला सदस्य अनिता बुढाथोकी र दलित महिला सदस्य रीता विक विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रिजालले जानकारी गराए ।

उनका अनुसार सदस्य पुनले ६ सय १५, डाँगीले ६ सय २६, महिला सदस्य बुढाथोकीले ६ सय ३३ र दलित महिला सदस्य विकले ६ सय २३ मत ल्याएका थिए । कुल मतदाता १ हजार ९ सय ८९ मतदाता रहेकामा वडा नं ७ मा १ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको भनाइ छ । कुमाख गाउँपालिका वडा नं २ मा पनि वडा अध्यक्षसहित पूरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...