News Portal

मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी

हिमालीसंचार संवाददाता
१९३ पटक

काठमाडौं – नेकपा एमालेले अर्को स्थानीय तह पनि जितेको छ। पछिल्लो मतपरिणाम अनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको हो।

एमालेबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए। उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेसका उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।

यसअघि मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भइन्। 

०७४ को निर्वाचनमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए। उपाध्यक्ष पद कांग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुबैले आफ्नो सिट सुरक्षित गरेका छन्। त्यस्तै, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...