News Portal

धरान उपमहानगरपालिका धरानका मत गणना शुरु

हिमालीसंचार संवाददाता
१६११ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणना बिहान ८ बजेदेखि  मत गणना गर्ने भनिए पनि निर्धारित समय भन्दा ढिलो गरी शुरु भएको छ। 

धरान १२ पब्लिक माध्यमिक विधालयमा मतणना शुरु गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतगणना स्थलमा सिसि क्यामेरा जडान गरी तार जालीको सुरक्षा घेरा भित्र मतगणना शुरु भएको हो ।

धरानको वडा नं. १, २ र ३ बाट मत गणना गर्ने सहमति अनुसार मत गणना शुरु भएको हो। धरानका विभिन्न वडा र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेको भए पनि आज बिहान ८ बजेदेखि मतगणना गर्ने सर्वपक्षीय सर्वदलीय बैठकले निर्णय गरेको थियो ।

निर्धारित तोकिएको समयमा मत गणना सुरु नभई साढे नौ बजेदेखि मतगणना शुरु हुनलागेको धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

धरानमा ६३ हजार ९८ मत खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यसको आधारमा कुल खसेको मतको ६३ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...