News Portal

झापाको कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिए

हिमालीसंचार संवाददाता
३६६ पटक

अविन माबो/झापा – झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका शेरबहादुर थापाले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक  ३ सय मत गणनाको परिणाम सार्वजनिक हुँदासम्म चुनाव चिन्ह घोडा लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार थापाले १ सय ४१ मत प्राप्त गरेका छन् ।

मेयर पदका उम्मेदवार एमालेका राजेन्द्रप्रसाद पोखरेलले ७७, कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८ र राप्रपाका श्यामसुन्दर ओलीले ९ मत पाएका छन् । उपमेयरतर्फ एमालेकी मञ्जु प्रसाईले १ सय १, कांग्रेसकी आशा सिवाकोटीले ८५, राप्रपाकी सचित्रा खनालले २० र एकीकृत समाजवादीकी अम्बिकादेवी महतले १३ मत पाएका छन् ।

कांग्रेस नेता थापाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । एमालेबाट टिकट नपाउने भएपछि श्यामसुन्दर ओलीले एमाले छोडेर राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकै दिन मेयर पदको टिकट प्राप्त गरेका थिए ।

झापाको कनकाईमा शुक्रबार ७२ दशमलव ८८ प्रतिशत मतदान भएको छ । ३५ हजार ४ सय ७१ मतदाता रहेको कनकाईमा २५ हजार ८ सय ५१ जनाले मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...