News Portal

झापाको कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिए

हिमालीसंचार संवाददाता
३४३ पटक

अविन माबो/झापा – झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका शेरबहादुर थापाले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक  ३ सय मत गणनाको परिणाम सार्वजनिक हुँदासम्म चुनाव चिन्ह घोडा लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार थापाले १ सय ४१ मत प्राप्त गरेका छन् ।

मेयर पदका उम्मेदवार एमालेका राजेन्द्रप्रसाद पोखरेलले ७७, कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८ र राप्रपाका श्यामसुन्दर ओलीले ९ मत पाएका छन् । उपमेयरतर्फ एमालेकी मञ्जु प्रसाईले १ सय १, कांग्रेसकी आशा सिवाकोटीले ८५, राप्रपाकी सचित्रा खनालले २० र एकीकृत समाजवादीकी अम्बिकादेवी महतले १३ मत पाएका छन् ।

कांग्रेस नेता थापाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । एमालेबाट टिकट नपाउने भएपछि श्यामसुन्दर ओलीले एमाले छोडेर राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकै दिन मेयर पदको टिकट प्राप्त गरेका थिए ।

झापाको कनकाईमा शुक्रबार ७२ दशमलव ८८ प्रतिशत मतदान भएको छ । ३५ हजार ४ सय ७१ मतदाता रहेको कनकाईमा २५ हजार ८ सय ५१ जनाले मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...