News Portal

संखुवासभाको खाँदबारीमा मतगणना शुरु, कांग्रेसको अग्रता

हिमालीसंचार संवाददाता
२०४ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खाँदबारी नगरपालिकाको प्रारम्भीक मतगणना अनुसार  नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।  अहिले २०० मत गन्दा प्रमुखमा महेश थपलियाले सुरूआती अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका जितबहादुर घिमिरेले ४९ मत पाएर पछ्याइरहेका छन्।

उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बरालको कडा टक्कर देखिएको छ। दुबैले समान ७७-७७ मत पाएका छन्। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...