News Portal

घोराहीमा अर्कैले थाह नदिई मतदान गरिदिए, भोट दिन नपाउदा मतदाता आक्रोशित

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं – घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न ४ बजेतिर मतदान केन्द्र पुगिन् । त्यही बेला पानी पर्यो, रुझ्दै मतदान केन्द्र प्रवेश त गरिन् तर उनले मत भने हाल्न पाइनन् । उनलाई निर्वाचनका लागि खटिएका कर्मचारीले मत हालिसकेको भन्दै फिर्ता गरिदिए।

तर अमृताले भने मत हालिसकेकी थिइनन् । उनले कर्मचारीसमक्ष अनुरोध पनि गरिन् । तर उनको नाममा मत हालिसकेको भन्दै कर्मचारीले मान्दै मानेनन् । नभन्दै उनको नाममा अरू कसैले मत हालिसकेको रहेछ। ‘पानीमा रुझ्दै भोट हाल्ने भनेर आएँ, तर मैले भोट हाल्नै पाइनँ,’ उनले भनिन्, ‘मेरो नाममा अरू कसैले पहिले नै भोट हालिसकेछ।

५ वर्षपछि मताधिकार प्रयोग गर्ने अवसर थियो उनलाई। आफ्नो मतले आउँदो ५ वर्षका लागि जनप्रतिनिधि चुन्ने योजना तुहिएपछि अमृतामा आक्रोश देखिन्थ्यो, अनि असन्तुष्टि पनि उत्तिकै । मेरो नामबाट अर्कैले भोट हाल्न मिल्छ भने यो कस्तो चुनाव हो ?’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...