News Portal

धरानमा शान्तिपूर्ण मतदान सम्पन्न, सर्वदलिय बैठकपछि मतगणना हुने

हिमालीसंचार संवाददाता
६९२ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहका निर्वाचन सौहार्दपूर्ण ढंगबाट शान्तिपूर्ण तरबले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

धरानका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण उत्साहित रुपमा मतदाताहरुको सहभागिता रहेको थियो। धरान वडा नं.६ पानबारीमा मतदान स्थलमा सामान्य विवाद हुँदा आधा घण्टा मतदान रोकिए पनी धरानमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए। 

मुलुकभरका ७५३ स्थानीय तहका १० हजार ७५६ मतदान स्थालका २१ हजार ९५५ मतदानकेन्द्रहरुमा विहान ७ बजेदेखि छिटफुट धटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको थियो । धरानमा ५ बजेपछि मतदानका लागि लाइनमा बसेका मतदाताहरूलाई मतदान गर्न दिएको थियो । उनीहरुले साढे ६ बजेसम्म पनि मतदान गरेको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

धरानमा कति प्रतिशत मत खस्यो भन्नेबारेमा निर्वाचन अधिकृतको कार्यालयले केही जानकारी दिएको छैन ।  आयोगले ६० देखि ६५ प्रतिशतसम्म मतदान खसेको अनुमान गरेको छ। 

पर्यवेक्षकका रुपमा खटिएका सहप्राध्यापक राजेन्द्र शर्माका अनुसार काखे नानी च्याप्नेदेखि, वृद्धवृद्धा, अशक्त र फरक क्षमता भएका मतदाताहरु बुथमा पुगेका थिए । साढे ६ बजेपछि मतपत्र ल्याउन शुरु गरिएको छ । मतपत्र ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...