News Portal

धरानमा शान्तिपूर्ण मतदान सम्पन्न, सर्वदलिय बैठकपछि मतगणना हुने

हिमालीसंचार संवाददाता
७२७ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहका निर्वाचन सौहार्दपूर्ण ढंगबाट शान्तिपूर्ण तरबले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

धरानका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण उत्साहित रुपमा मतदाताहरुको सहभागिता रहेको थियो। धरान वडा नं.६ पानबारीमा मतदान स्थलमा सामान्य विवाद हुँदा आधा घण्टा मतदान रोकिए पनी धरानमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए। 

मुलुकभरका ७५३ स्थानीय तहका १० हजार ७५६ मतदान स्थालका २१ हजार ९५५ मतदानकेन्द्रहरुमा विहान ७ बजेदेखि छिटफुट धटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको थियो । धरानमा ५ बजेपछि मतदानका लागि लाइनमा बसेका मतदाताहरूलाई मतदान गर्न दिएको थियो । उनीहरुले साढे ६ बजेसम्म पनि मतदान गरेको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

धरानमा कति प्रतिशत मत खस्यो भन्नेबारेमा निर्वाचन अधिकृतको कार्यालयले केही जानकारी दिएको छैन ।  आयोगले ६० देखि ६५ प्रतिशतसम्म मतदान खसेको अनुमान गरेको छ। 

पर्यवेक्षकका रुपमा खटिएका सहप्राध्यापक राजेन्द्र शर्माका अनुसार काखे नानी च्याप्नेदेखि, वृद्धवृद्धा, अशक्त र फरक क्षमता भएका मतदाताहरु बुथमा पुगेका थिए । साढे ६ बजेपछि मतपत्र ल्याउन शुरु गरिएको छ । मतपत्र ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...