News Portal

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकामा मतदान स्थगित

हिमालीसंचार संवाददाता
२०८ पटक

धनकुमार राई/सहिदभूमि – धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकाको  वडा नम्बर ६ का तीन वटा मतदान केन्द्रको मतदान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

ठाकुरदेवी माध्यमिक विद्यालयमा रहेका तीन वटा मतदान केन्दमा विवाद भएपछि मतदान स्थगित भएको थियो। साँझ पाँच बजेसम्म पनि मतदान सूरू हुन नसकेपछि मतदान अधिकृतले मतदान स्थगित गरेका हुन्। 

जेष्ठ नागरिकको मत हाल्ने विषयमा त्यहाँ विवाद भएको थियो।प्रदेश १ प्रहरी कार्यालयका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो। 

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए। यस गाउँपालिकामा २५१३ कुल मतदातामध्ये  ५ सय मतदाताले मात्रै मत मतदान गरेको थिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...