News Portal

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकामा मतदान स्थगित

हिमालीसंचार संवाददाता
२३२ पटक

धनकुमार राई/सहिदभूमि – धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकाको  वडा नम्बर ६ का तीन वटा मतदान केन्द्रको मतदान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

ठाकुरदेवी माध्यमिक विद्यालयमा रहेका तीन वटा मतदान केन्दमा विवाद भएपछि मतदान स्थगित भएको थियो। साँझ पाँच बजेसम्म पनि मतदान सूरू हुन नसकेपछि मतदान अधिकृतले मतदान स्थगित गरेका हुन्। 

जेष्ठ नागरिकको मत हाल्ने विषयमा त्यहाँ विवाद भएको थियो।प्रदेश १ प्रहरी कार्यालयका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो। 

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए। यस गाउँपालिकामा २५१३ कुल मतदातामध्ये  ५ सय मतदाताले मात्रै मत मतदान गरेको थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...