News Portal

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

हिमालीसंचार संवाददाता
५५१ पटक

एजेन्सी – संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ। यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले ३ दिन कामकाज बन्द गर्नेछन्।

पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। शेख खलीफाले सन् २००४ नोभेम्बर ३ मा पहिलो पटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेदारी सम्हालेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...