News Portal

स्थानीय तहका गाउँपालिका सभा अब संसदीय अभ्यासमा

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं – स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंखले गाउँ र नगरसभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिले देखि नै गृहकार्य गरिरहेका छन् । गाउँ र नगरसभा पालिकाको कानून निर्माण गर्ने संसद् भएकाले सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्नुपर्ने स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा उल्लेख गरि एको छ ।

२०७४ सालमा निर्वाचित गाउँ र नगरसभाका सदस्य पहिलो पटक निर्वाचित भएकाले संसदीय अभ्यासका बारेमा जानकार थिएन । सुगम स्थानीय तहका के ही पालिकाले निर्वाचन भएको तेस्रो वर्षदेखि मात्र संसदीय मर्मअनुसार गाउँ र नगरसभा सञ्चालन गरे पनि अधिकांश पालिकाका गाउँ तथा नगरसभा संसदीय मर्मअनुसार सञ्चालन हुन सकेका थिएन ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले २०७९ को स्थानी तहको निर्वाचनबाट बन्ने गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य भइरहेको बताए । “निर्वाचित जनप्रतिनिधिलाई संसदीय अभ्यासका बारेमा आवश्यक प्रशिक्षण प्रदान गर्ने र सोहीअनुसार पालिकाको सभा सञ्चालन गर्ने गरी महासङ्घले यो जना बनाएको छ,” उनले भने , “पालिकाका लागि आवश्यक कानुन बनाउने गाउँ र नगर सभा स्थानीय संसद् भएकाले संसदीय मर्मअनुसार सभा सञ्चालन गर्नुपर्छ ।” 

उनका अनुसार स्थानीय व्यवस्थापिकाको कार्यमा विधायिकी र गैरविधायिकी गरी दुई प्रकार का काम हुने छ । गाउँ र नगर सभाको विधायिकी कार्यअन्तर्गत कानुन निर्माण गर्ने, कानुन संशोधन गर्ने, गाउँपालिका र नगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल गरी पारि त गर्ने वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने विषयमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएलगत्तै प्रशिक्षण प्रदान गरिने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...