News Portal

सुनसरी जिल्लाका विभिन्न पालिकामा निषेधाज्ञा जारी

हिमालीसंचार संवाददाता
२६२ पटक

धरान – सुनसरी जिल्लामा जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न स्थानीय तहमा घरबाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन हुनुअघि ४८ घण्टे मौन अवधि लागू भएपछि मौन अवधिमा राजनीतिक दलका नेता, कार्यकता र उम्मेदवारहरुले राति मतदाताहरुलाई प्रभावित बनाउन थालेपछि विभिन्न पालिकामा दोहोरो झडप हुने सम्भावना बढेकाले निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सुनसरी जिल्ला प्रशासनले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा ठीक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरिएको बताए। 

सुनसरी जिल्ला प्रशासनका अनुसार भोक्राहा नरसिंह, कोशी, हरिनगर र देवानगञ्ज गाउँपालिका पूर्ण रुपमा निषेध आदेश जारी गरेको छ । त्यस्तै,  दुहबी नगरपालिकाको वडा नं १, ८ र ९, इटहरी उपमहानगरपालिकाको वडा नं ३, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको आदेशमा भनिएको छ, ‘निषेध अवधिमा सुरक्षा निकायसँग समन्वय बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन यो आदेश जारि गरिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने समेत जानकारी गराईन्छ।’

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...